·

हिम स्टार ऊर्जा लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

Author

NEPSE TRADING

हिम स्टार ऊर्जा लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आज २०८२ जेठ ३० गतेदेखि ओखलढुंगा र सोलुखुम्बु जिल्लाका आयोजनाबाट प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले प्रभावित स्थानीयका लागि १,८६,५०० कित्ता र विदेशमा रहेका नेपालीका लागि ९३,२५० कित्ता शेयर जारी गरेको हो। स्थानीयहरूका लागि आवेदन म्याद असार १३ सम्म हुनेछ, तर आवश्यक परेमा असार २९ सम्म लम्ब्याउन सकिनेछ। तर, वैदेशिक नेपालीका लागि भने आवेदन म्याद असार १३ गतेमै समाप्त हुनेछ।

कम्पनीको जारी पूँजी रु. ३७.३० करोड रहेको छ, जसको ३०% अर्थात् ११,१९,००० कित्ता सर्वसाधारणमा निष्काशन गरिनेछ। यसमध्ये ५% स्थानीयहरूका लागि छुट्याइएको छ भने बाँकी २५% सर्वसाधारणलाई पछि निष्काशन गरिनेछ। त्यसमध्ये १०% विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो। आईपीओ व्यवस्थापकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

हिम स्टार ऊर्जा लिमिटेडले ओखलढुंगा र सोलुखुम्बु जिल्लामा अवस्थित ५ मेगावाट क्षमताको बुुुकु कपाती खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। २०८१ पौषसम्ममा आयोजनाको करिब ९५% भौतिक प्रगति भइसकेको छ। कम्पनीको क्रेडिट रेटिङ आइसीआरए नेपालले B+ बाट BB- मा उन्नति गरेको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ।

Related News