·

हिमालयन बुलियन कम्पनीको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो

Author

NEPSE TRADING

हिमालयन बुलियन कम्पनीको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो

चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो। उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ज्योति क्यापिटल लाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्मप्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्। कम्पनीका अनुसार, निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली समेत), सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्ट्याइनेछ। सम्झौताअनुसार, ज्योति क्यापिटलले आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्य सम्हाल्नेछ। कम्पनी ऐन, २०६३ र धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी छिट्टै आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।

Related News