·

लगानी सहजीकरणसम्बन्धी अध्यादेश संसदमा पेस

Author

NEPSE trading

लगानी सहजीकरणसम्बन्धी अध्यादेश संसदमा पेस

प्रतिनिधि सभाको आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन्।

मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन–२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि यो अध्यादेश जारी गरिएको बताए।

संसद् अधिवेशन चालू नभएकाले अध्यादेश ल्याइएको उनले स्पष्ट पारे। प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण, करारमा वस्तु उत्पादन र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको जानकारी दिए।

Related News