·
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर वितरण
Author
NEPSE TRADING

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार चैत १२ गते उक्त शेयर बाँडफाँड गरिएको हो।कम्पनीले जारी पूँजीको निश्चित हिस्सा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर शेयर निष्काशन गरेको थियो। जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता शेयर बिक्री खुला गरिएको थियो।उक्त अवधिमा आवेदन दिएका योग्य आवेदकहरूलाई प्रचलित नियमअनुसार शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। बाँडफाँडमा परेका आवेदकहरूले आफ्नो नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको वेबसाइटमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।यसैबीच, बाँडफाँडमा नपरेका आवेदकहरूको रकम सम्बन्धित बैंक खातामा फिर्ता गरिने प्रक्रिया पनि सुरु गरिएको कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली आवेदकहरूले भने आफ्नो नतिजा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत समेत हेर्न सक्नेछन्।कम्पनीले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई बाँडफाँडअनुसार रकम स्थानान्तरण तथा फुकुवा प्रक्रिया छिटो सम्पन्न गर्न अनुरोध गरेको छ।



