·

झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

Author

NEPSE TRADING

झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओमा आवेदक मध्ये ४७ हजार ३ सय २७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर प्राप्त गरेका छन्। बाँडफाँटको नतिजा हिमालयन क्यापिटल, मेरोसेयर एकाउन्ट, सीडीएस एण्ड क्लियरिङको वेबसाइट (https://iporesult.cdsc.com.np/) र कम्पनीको आधिकारिक वेबसाइट बाट हेर्न सकिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्काशन गर्न गत असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

यसअघि जारी पूँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरी बाँडफाँट सम्पन्न भइसकेको छ।

त्यसैगरी, कम्पनीले २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ४०६ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणमा बिक्री खुलाएको थियो।

Related News