·

१८ कम्पनीको आईपीओ निष्कासन रोकियो

Author

Dipesh Ghimire

१८ कम्पनीको आईपीओ निष्कासन रोकियो

प्राथमिक शेयर निष्कासन (आईपीओ) निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ ।

नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म रोकिएको हो । आईपीओका लागि अनुमति मागेका १८ कम्पनीसमेतको शेयर निष्कासन प्रक्रिया रोकिएको हो ।

गएको आर्थिक वर्षमा २९ वटा जलविद्युत् कम्पनीका आईपीओ जारी भएका थिए । तर चालु आर्थिक वर्षमा भिजन लुम्बिनी ऊर्जा कम्पनीबाहेक अरू कुनै पनि जलविद्युत् कम्पनीको आईपीओ निष्कासन भएको छैन ।

जलविद्युत् आयोजनाले ६० प्रतिशत निर्माण पूरा भएपछि आईपीओ जारी गर्ने अनुमति पाउने व्यवस्था छ ।

Related News