·

कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

Author

NEPSE TRADING

कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
काठमाडौं — कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि आफ्नो पहिलो चरणको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये प्रारम्भिक चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी शेयर निष्कासन गर्न लागेको हो।कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ।त्यसैगरी, ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। दुवै वर्गका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।स्थानीय बासिन्दाका लागि आईपीओ चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परे वैशाख ९ गतेसम्म अवधि थप गरिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने चैत १५ देखि चैत २४ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ, जसबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिएको हो।यद्यपि कम्पनी हाल १ करोड ३१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८.५६ रुपैयाँ रहेको छ। यस्तो अवस्थामा आईपीओमा लगानी गर्दा लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था र भविष्यको सम्भावनालाई ध्यानमा राख्नुपर्ने देखिन्छ।

Related News