·
कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयरको लाभांश घोषणा गर्याे
Author
NEPSE TRADING

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
विद्युत नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।


