‘आरबीबी फोकस फण्ड–४०’ इकाइ खरिदको आज अन्तिम दिन
Author
NEPSE TRADING

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले भदौ १८ गतेदेखि निष्कासनमा ल्याएको ‘आरबीबी फोकस फण्ड–४०’ योजनाको इकाइ खरिदका लागि आवेदन दिने अन्तिम दिन आज (भदौ २४ गते) परेको छ।
कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरका १० करोड इकाइ बिक्रीमा ल्याएको हो। कुल निष्कासन हुने इकाइमध्ये १ करोड ४० लाख इकाइ कोष प्रर्वद्धकलाई र १० लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ।
यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
उक्त योजना राष्ट्रिय वाणिज्य बैंक (कोष प्रवद्र्धक) र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड (योजना व्यवस्थापक) मार्फत सञ्चालन भइरहेको आरबीबी म्युचुअल फण्डअन्तर्गतको योजना हो।