·

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

NEPSE TRADING

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सम्पन्न भइसकेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्काशन गरेको छ भने ५७ हजार ७९८ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक–बिल्डिङ्ग प्रक्रियाबाट निर्धारण गरिएको कट–अफ मूल्य ९१२ रुपैयाँमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ। न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। रिलायन्स स्पिनिङ्ग मिल्स नेपालको ठूलो धागो उत्पादन गर्ने उद्योगमध्ये एक हो, जसले आफ्नो ७०–७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, यूके लगायतका देशहरूमा निर्यात गर्दै आएको छ।

Related News