सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन १७ गते साधारण सभा
Author
NEPSE TRADING

फागुन १२ गते, सोमबार, सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले फागुन १७ गते, आइतबार, लिसरा रिसेप्सन्स् प्रा.लि., नक्साल, काठमाडौंमा एघारौँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, शतप्रतिशत हकप्रद शेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन, रिक्त सञ्चालक पदमा नियुक्त सञ्चालकको अनुमोदन, लेखापरीक्षक नियुक्ति लगायतका महत्वपूर्ण प्रस्तावहरू पनि पारित गर्ने तयारी रहेको छ।



