लक्ष्मी सनराइज बैंक : १०% बोनस र ०.५३% नगद लाभांश घोषणा
Author
NEPSE TRADING

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव सार्वजनिक गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। अब उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।
बैंकले लाभांश प्रस्तावलाई गत वर्षको वित्तीय प्रदर्शनअनुसार शेयरधनीलाई प्रतिफल दिने प्रक्रिया भएको उल्लेख गरेको छ।



