तल्लो सोलु जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा
Author
Nepse trading

सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पूरा भएको छ । तल्लो सोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनामा जेनेरेटर, टर्वाइन, हेडबक्स, पावर हाउस, र सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ ।
आयोजनाका प्रबन्धक धर्मेन्द्र गोतामाका अनुसार पेनस्टक टनेल ‘बेक थ्रु’ को चरणमा पुगेको छ र अब पेनस्टक पाइप मात्र जडान गर्न बाँकी छ । सन् २०१६ मा सुरु भएको यो आयोजना सन् २०२५ सेप्टेम्बर भित्र सम्पन्न गर्ने लक्ष्य छ । हाल आयोजनामा ७०० कामदार कार्यरत छन्, जसमा १०० स्थानीय छन् । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।