·

लुम्बिनी सेरामिक्सको आईपीओ आउने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

Author

Nepse trading

लुम्बिनी सेरामिक्सको आईपीओ आउने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

लुम्बिनी सेरामिक्सको आईपीओ आउने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

लामिनार टायल्सको उत्पादन गर्ने लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ। कम्पनीले नियामक निकायबाट स्वीकृति पाएसँगै आगामी ६ महिनाभित्र आईपीओ जारी गर्ने भएको हो। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष सुब्रत धितालका अनुसार लामिनार टायल्सलाई नेपाली बजारमा उच्च गुणस्तरको भिट्रिफाइड टायल्स ब्रान्डको रूपमा व्यापक रुचाइएको छ। बर्दियाको गुलरियास्थित अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट उत्पादित यी टायल्स करिब ९९.९२ प्रतिशत वाटरप्रूफ र अन्य टायल्सको तुलनामा तीन गुणा बढी टिकाउ हुने बताइएको छ। कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको टायल्स उत्पादन गरी उपभोक्तालाई उत्कृष्ट सेवा दिने उद्देश्य राखेको छ।

Related News