·

माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौता

Author

NEPSE trading

माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौता

माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न सम्झौता भएको छ।

सम्झौता अनुसार, माछापुच्छ्रे क्यापिटल लिमिटेडले अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसँग सम्बन्धित अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने तथा शेयरधनी विवरण अद्यावधिक गर्ने सेवा प्रदान गर्नेछ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक श्री विर बहादुर घलेले हस्ताक्षर गरेका हुन्।

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड धितोपत्र व्यवसायको क्षेत्रमा क्रियाशील रहँदै आएको छ। कम्पनीले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवाहरू प्रदान गर्दै आइरहेको छ।

Related News