·

मुक्तिनाथ विकास बैंकले १८.२० प्रतिशत लाभांश घोषणा गर्‍यो

Author

NEPSE TRADING

मुक्तिनाथ विकास बैंकले १८.२० प्रतिशत लाभांश घोषणा गर्‍यो

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। सो मध्ये १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सो लाभांश वितरण गरिनेछ।

Related News