·
नेपाल बैंक लिमिटेडको साधारण सभा चैत ६ गते
Author
Nepse trading

नेपाल बैंक लिमिटेडले चैत ६ गते साधारण सभा बोलाएको छ। यस वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम आयोजना गरिएको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान, नगद प्रवाह विवरणमाथि छलफल र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ। सभा प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज हुनेछ, जसअनुuसार फागुन २१ सम्मका सेयरधनीले सहभागिता जनाउन सक्नेछन्। सभा काठमाडौंको नेपाल एपीएफ क्लब हकचोकमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ।