·
वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य, नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला
Author
NEPSETRADING

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थामा देखिएको ‘सिन्डिकेट’ तोडिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार (चैत १७) विज्ञप्ति जारी गर्दै मन्त्रिस्तरीय निर्णयबाट नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरणमा सहभागी हुन सक्नेछन् र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। यसअघि सरकारले तोकेका सीमित स्वास्थ्य संस्थाबाट मात्रै कामदारले स्वास्थ्य परीक्षण गराउनुपर्थ्यो र ती संस्थाले प्रतिव्यक्ति ६ हजार ६०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए। नयाँ निर्णयसँगै पुरानो ‘सिन्डिकेट’ अन्त्य हुने र कामदारले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।



