·

नेपाल बिल्डकनको एघारौँ संस्करण: माघ २२ देखि भृकुटीमण्डपमा सुरु

Author

NEPSE TRADING

नेपाल बिल्डकनको एघारौँ संस्करण: माघ २२ देखि भृकुटीमण्डपमा सुरु

नेपालको निर्माण क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यस वर्ष माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

यो प्रदर्शनीको विशेषता भनेको ३०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहेको छ। २०० भन्दा बढी स्टलहरूले निर्माण सामग्री र प्रविधिहरूलाई उपभोक्तासम्म पु¥याउनेछन्, जसमा व्यवसायी र उद्यमीहरू उत्साहित छन्।

नेपाल बिल्डकन, मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिको संयुक्त आयोजनामा ११ वर्षदेखि निरन्तर रुपमा आयोजना भइरहेको छ। यस प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्ने महत्वपूर्ण भूमिका निभाइरहेको छ।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, स्यानिटरी वेयर, मोड्युलर किचन, रुफिङ, लिफ्ट, एस्केलेटर, पाइप, प्लम्बिङ, कन्सट्रक्सन केमिकल र सिमेन्ट लगायत निर्माणका सबै आवश्यक सामाग्री र सेवाहरू उपलब्ध हुनेछन्।

यस प्रदर्शनीमा व्यवसायिक नेटवर्कको विशाल अवसर पनि उपलब्ध हुने छ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनीहरू, व्यवसायीहरू, डिजाईनरहरू, आर्किटेक्टहरू र निर्माण क्षेत्रमा आवद्ध सबै पेशाकर्मीहरूको सहभागिता रहनेछ।

प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर र पावर्ड बाई लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ।

यस कार्यक्रमले नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिको परिचय गराउने र अन्तर्राष्ट्रिय बजारमा नेपाली निर्माण सामाग्रीलाई पुर्याउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

Related News