·
नेपाल दूरसञ्चार कम्पनीले ३०% नगद लाभांश घोषणा, पुस ३० गते साधारण सभा
Author
NEPSE TRADING

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा १८औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ, जसको सुरुआत बिहान ११ बजे हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



