नेपाल लाइफ इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्ताव
Author
NEPSE TRADING

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले आर्थिक वर्ष २०८१/८२ का लागि २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कुल लाभांश रकम करिब १ अर्ब ९० करोड रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ।
मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको ४०४औँ बैठकले सेयरधनीलाई १६.०५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी ९.०२ अर्ब रुपैयाँ छ।
यो लाभांश प्रस्ताव नेपाल इन्स्योरेन्स प्राधिकरण र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
सोमबार कारोबार अन्त्यसँगै नेपाल लाइफको सेयर मूल्य ८२२ रुपैयाँ ८० पैसा मा बन्द भएको छ।



