नेपाल माइक्रो इन्सुरेन्सको सर्वसाधारणका लागि आइपीओ खुला
Author
Nepse trading

नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले आज फागुन ११ गते, आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो। नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता बिक्री गरिसकेको छ। साथै, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सुरक्षित गरिएको छ।
सर्वसाधारणले बाँकी १८ लाख ४५ हजार कित्ताका लागि फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्, नबिकेमा फागुन २५ गतेसम्म समय थपिनेछ। न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको यो आइपीओमा सी–आस्वा र मेरो सेयरमार्फत आवेदन गर्न सकिन्छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्छ। उक्त रेटिङ २०८२ भदौ ६ गतेसम्म मान्य छ।