·

नेपाल आयल निगमले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

Author

Nepse trading

नेपाल आयल निगमले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले यो प्रस्ताव पारित गर्दै चैत २९ गते साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा अपरान्ह १ बजे हुनेछ।

सभामा गत वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको एजेन्डा पनि समावेश छ। निगम सरकारी स्वामित्वको संस्था भएकाले दोस्रो बजारमा सूचीकृत छैन।

Related News