·

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लियो

Author

NEPSE trading

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लियो

नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ। केन्द्रीय बैंकको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख अनुसार नेपालगञ्ज, बाँकेमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो।

समस्याग्रस्त घोषणा भएसँगै बैंकको सञ्चालनका लागि तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा गठित यस समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य रहेका छन्। यो समूह पुस ११ गतेदेखि जिम्मेवारी सम्हाल्नेछ।

Related News