·
नेप्सेमा पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Author
NEPSE trading
नेप्सेमा सूचीकृत मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, र कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज, पुस ९ गते, अन्तिम दिन हो।
यी कम्पनीहरूले साधारण सभा र लाभांश वितरणका लागि पुस ११ गते बुक क्लोज गर्दैछन्। आजको दिनभित्र कारोबार गरिएका सेयरधनीहरूले मात्र लाभांश पाउनेछन्।
प्रस्तावित लाभांश:
मञ्जुश्री फाइनान्स: ६.३५% नगद लाभांश
आरएसडिसी लघुवित्त: ९.५०% बोनस सेयर र ०.५०% नगद लाभांश
मिथिला लघुवित्त: १४.२५% बोनस सेयर र ०.७५% नगद लाभांश
माउन्टेन इनर्जी नेपाल: १५% बोनस सेयर र ०.७८% नगद लाभांश
कुथेली बुखरी स्मल हाइड्रोपावर: १०% बोनस सेयर र ०.५२% नगद लाभांश