·

नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन उपकरण जारी

Author

Nepse trading

नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन उपकरण जारी

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न आज फागुन ४ गते २१ दिनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। निक्षेप संकलनको साँवा र ब्याज भुक्तानी मिति फागुन २५ गते तोकिएको छ भने यस उपकरणको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी आवेदन दिन सक्नेछन्।

यसअघि, माघ ३० गते नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्दा बैंक तथा वित्तीय संस्थाले ७८ अर्ब ७५ करोड रुपैयाँको मात्र आवेदन दिएका थिए। सो उपकरणको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १८ खर्ब ९ अर्ब रुपैयाँ संकलन गरिसकेको छ।

Related News