आजको लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको बिक्रीदर १३६.९४ रुपैयाँ
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विदेशी मुद्रासँग सम्बन्धित विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरोको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम भएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८९.३४ रुपैयाँ र बिक्रीदर ८९.७४ रुपैयाँ, क्यानाडियन डलरको खरिददर १००.२२ रुपैयाँ र बिक्रीदर १००.६७ रुपैयाँ तथा सिङ्गापुर डलरको खरिददर १०६.९८ रुपैयाँ र बिक्रीदर १०७.४५ रुपैयाँ रहेको छ।
जापानी येन १० को खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ, चिनियाँ युआनको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.११ रुपैयाँ निर्धारण गरिएको छ।
साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिंगेट, कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियाललगायतका मुद्राको पनि विनिमय दर तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दरमा जुनसुकै बेला परिवर्तन हुन सक्ने जानकारी दिएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।