·

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ संकलन गर्ने

Author

NEPSE TRADING

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ संकलन गर्ने

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज आइतबार दिउँसो ३ बजे यससम्बन्धी बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा गरिनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ८७ दिने अवधिको यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी २०८३ जेठ ६ गते भुक्तानी गरिने जनाइएको छ।

Related News