·

राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’

Author

NEPSE TRADING

राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई क्रेडिट कार्ड प्रयोग गर्दा जिम्मेवारीपूर्वक व्यवहार गर्न र यसको सर्त तथा प्रावधान बुझेर मात्र प्रयोग गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले एक सूचना जारी गर्दै क्रेडिट कार्ड प्रयोगमा सतर्कता अपनाउन आग्रह गरेको हो।

सूचनामा भनिएको छ, “क्रेडिट कार्ड सहज र सुरक्षित भुक्तानीको माध्यम हो तर यसप्रति लापरवाही गर्दा उच्च ब्याजदर र अनावश्यक आर्थिक बोझ पर्न सक्ने सम्भावना रहन्छ।”

राष्ट्र बैंकले कार्ड प्रयोग गर्नु अघि क्रेडिट सीमा, वार्षिक शुल्क, ब्याजदर, बिल तयार हुने मिति, र भुक्तानीको समय सीमाबारे स्पष्ट जानकारी लिनु आवश्यक रहेको जनाएको छ।

यस्तै, बैंकले क्रेडिट कार्डबाट गरिने भुक्तानीमा तोकिएको म्यादभित्र बिल तिरेमा ब्याज लाग्दैन तर ढिलाइ भएमा उच्च ब्याजदर र अतिरिक्त शुल्क तिर्नुपर्ने स्पष्ट पारेको छ।

राष्ट्र बैंकले वित्तीय अनुशासन कायम गर्न तथा असावधानीका कारण हुने ऋणभारबाट बच्न सबै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।

Related News