·
नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो
Author
NEPSETRADING

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से ४७.७१ अंकले घटेर २,८३१.३९ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंक, फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले घटेको छ।सो दिन ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ६ स्टकले सकारात्मक सर्किट लेभलमा कारोबार गरे भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ।कारोबार रकमको आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको करिब ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम ३८ करोड ५० लाख रुपैयाँ नाघेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशतले घटेको छ भने वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले घटेका छन्। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानीजीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।



