साताको दोस्रो दिन पनि बजारमा साढे १० अंकको गिरावट, , हाइड्रोमा चहलपहल, विकाश बैंक दबाबमा
Author
Dipesh Ghimire
नेपाली सेयर बजारमा सोमबार पनि गिरावट जारी रह्यो। नेप्से सूचक १०.६१ अंकले घट्दै २,६३३.३२ विन्दुमा बन्द भएको छ। बजारमा कुल ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ, जहाँ ३१२ कम्पनीका १ करोड ७२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भए।
आजको प्रमुख कारोबारमा सिन्धु विकास बैंक अगाडि रह्यो, जसले २९ करोड ८३ लाख रुपैयाँको कारोबार गर्यो। दोस्रो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक १८ करोड ६० लाख रुपैयाँको कारोबारसहित रह्यो भने एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक १२ करोड ९ लाख रुपैयाँको कारोबारसहित तेस्रो स्थानमा रह्यो।
बजारका पाँच समूहका सूचकले आज सकारात्मक प्रदर्शन गरे पनि समग्र नेप्से सूचक भने तल झरेको छ। जानकारहरूका अनुसार, बजार हाल करेक्सन र साइडवेज चरणमा रहेकोले सूचकले गति लिन नसकेको हो।
बैंकहरूको नाफामा कमी, तथा सूचीकृत कम्पनीहरूको लाभांश दर घट्नुले लगानीकर्ताको मनोबल कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ। तर, केहि विश्लेषकले बजार घट्नुलाई सामान्य सुधारका रूपमा हेरेका छन्।
यद्यपि, सकारात्मक पक्षहरू पनि देखिएका छन्। धितोपत्र बोर्डमा नयाँ नेतृत्वको आगमन, एसएमई कम्पनीहरूको समावेशीकरण, र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अन्तिम चरणमा पुग्नुले बजारलाई दीर्घकालीन रूपमा बलियो बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ। साथै, तरलता सुधार र ब्याजदरको कमीले लामो समयदेखि सुस्त रहेको बजारलाई माथि उठाउन सहयोग पुर्याउने विश्वास विज्ञहरूले गरेका छन्।
हाल नेप्से २४००–२७०० को दायरामा रहेको छ, जुन छ महिनादेखि उस्तै छ। जानकारहरूका अनुसार, आगामी दिनमा सकारात्मक सुधार आउने सम्भावना छ।
प्रविधिक विश्लेषण
नेप्से सूचक हाल २५८१ को समर्थन र २६६९ को प्रतिरोध तहमा कारोबार गरिरहेको छ। चार्टमा देखिएका हाएर लो र लोअर हाई ले बजारमा अनिश्चितता रहेको जनाउँछ। प्रविधिक विश्लेषकका अनुसार, यदि सूचकले हालको मूल्य च्यानललाई तोड्दै २७०० माथि पुग्न सक्यो भने अल्पकालीन सुधार सम्भव छ। तर, २५८१ को समर्थन तह तोडिए बजारमा थप गिरावट आउन सक्छ। बजार हाल सङ्ग्रह चरण (Accumulation Phase) मा रहेकोले दीर्घकालीन सुधारको संकेत गरेको छ।
हिटम्याप विश्लेषण
कारोबारको आधारमा बनेको हिटम्याप हेर्दा, जलविद्युत् र वित्त समूहमा सकारात्मक चहलपहल देखिएको छ।
न्यादी हाइड्रोपावर जस्ता कम्पनीको उत्कृष्ट प्रदर्शनले जलविद्युत् समूहलाई उचालिएको छ।
वित्त समूहमा एसएलबीएसएल र एमपीएल जस्ता कम्पनीहरूले राम्रो योगदान दिएका छन्।
तर, विकास बैंक र निर्जीवन बीमा समूह भने कमजोर प्रदर्शनमा छन्।सप्तकोशी विकास बैंकको भारी गिरावटले विकास बैंक समूहलाई दबाबमा पारेको देखिन्छ।
युजरले बनाएका टेक्निकल चाट
आज हाम्रो प्लेटफर्मका युजरले केहि महत्वपूर्ण टेक्निकल चाट प्रस्तुत गरेका छन्:
निराजनले एसपीसी को चाट बनाएर ५९०–६०० मा किन्ने र ७०० मा बेच्ने सिफारिस गरेका छन्।
रोषन भण्डारीले टीभीएससीएल को चाट विश्लेषण गर्दै कम्पनीको बढ्दो अवस्था देखाएका छन्।
राजले एनआरएम को चाट विश्लेषण गर्दै महत्वपूर्ण तथ्याङ्क प्रस्तुत गरेका छन्।
ब्रोकर विश्लेषण
आजका शीर्ष १० ब्रोकरको विवरण हेर्दा:
५७, १७, ४४, र ५६ बढी किन्ने ब्रोकरका रूपमा अगाडि देखिएका छन्।
५८, ३४, ४५, ४२, र ४९ बढी बेच्ने ब्रोकरका रूपमा अगाडि देखिएका छन्।
न्यादी हाइड्रोपावर मा ५६ नम्बरको ब्रोकरले ३१% खरीद गरेका छन्।
एसबीआई बैंक मा ३४ नम्बरको ब्रोकरले ७७% खरीद गरेका छन्।
माउन्टेन इनर्जी नेपाल को ६४% बिक्री ५८ नम्बरको ब्रोकरबाट भएको छ।
सानिमा माई हाइड्रो मा ४५ नम्बरको ब्रोकरले ३७% बिक्री गरेका छन्।
समग्रमा, बजारको यो अवस्था रणनीतिक लगानीको लागि विश्लेषण र अनुसन्धानको महत्त्व झल्काउँछ।