·
अमेरिका–इजरायल–इरान युद्धका कारण नेपालमा औषधि उद्योग संकटमा
Author
NEPSETRADING

अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण नेपालका औषधि उद्योगहरू संकटमा पुगेका छन्। अन्तर्राष्ट्रिय बजारमा आवश्यक कच्चा पदार्थको मूल्य बढेको र वितरण प्रणाली अव्यवस्थित भएकोले औषधि उत्पादन लागत बढेको छ। तर औषधि व्यवस्था विभागले मूल्य वृद्धि गर्न अनुमति नदिँदा उद्योगीहरू घाटामा परेका छन्। नेपाल औषधि उद्योग संघका पदाधिकारीहरूले सरकारबाट तत्काल सहजीकरण वा समस्या समाधानको पहल नभए स्थिति विकराल हुने चेतावनी दिएका छन्। अधिकांश कच्चा पदार्थ भारतबाट आयात हुने भएकाले त्यहाँको ‘प्रोपेन ग्यास’ अभावका कारण भारतीय औषधि उद्योग आंशिक वा पूर्ण रूपमा बन्द भएको छ, जसले नेपालमा पनि औषधिको अभाव सिर्जना गर्न सक्ने अवस्था बनाएको छ। नेपालमा करिब १३० औषधि उद्योगहरू छन्, तर सञ्चालनमा आधाजति मात्रै छन्।



