·

नेप्से २६६० मा ठुलो सपोर्ट, अब के गर्ने? विश्लेषक भन्छन्, आत्तिनु पर्दैन

Author

Dipesh Ghimire

 नेप्से २६६० मा ठुलो सपोर्ट, अब के गर्ने? विश्लेषक भन्छन्, आत्तिनु पर्दैन

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको छ। आजको दिन ८५ वटा कम्पनीको सेयर मूल्य बढेको, १४८ वटा कम्पनीको सेयर मूल्य घटेको, र १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

मंगलबार ३०३ वटा कम्पनीका ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच भई ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सर्वाधिक कारोबार भएका कम्पनीहरू:

  • एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक (१८ करोड ९६ लाख)

  • सानिमा माइ हाइड्रोपावर (१८ करोड ७६ लाख)

  • जानकी फाइनान्स कम्पनी (१७ करोड १७ लाख)

उपसमुहहरूमा, होटल तथा पर्यटन (+०.२८%), उत्पादन तथा प्रशोधन (+०.३३%), माइक्रोफाइनान्स (+०.३३%) र व्यापार (+०.३३%) बाहेक सबै राताम्मे देखिए।


प्राविधिक विश्लेषण

बजार हाल निर्णयात्मक अवस्थामा छ। आज बजार घटे पनि, २६६० बिन्दुमा बलियो सपोर्ट कायम देखिएको छ। प्राविधिक रूपमा, हायर लो पैटर्न ले बजारलाई सपोर्ट दिएको छ।

विश्लेषकका अनुसार:

  • बजारले २६६० बिन्दु तल तोड्न सकेको छैन, जसले निकट भविष्यमा उकालो लाग्ने संकेत गरेको छ।

    ब्रोकरको विश्लेषण

१० प्रमुख ब्रोकर का क्रियाकलाप हेर्दा,

  • ४५, ४२, ६२, ४४, र ४८ नम्बर ब्रोकरले किन्ने पक्षमा अग्रणी रहे।

  • ५८, ५७, ३४, ४९, र ३८ नम्बर ब्रोकरले बेच्ने पक्षमा बढी सक्रियता देखाए।

उदाहरण:

  • ५८ नम्बर ब्रोकरले ३५ करोडको सेयर किनेका र ४७ करोडको बेचेका छन्।

  • ४५ नम्बर ब्रोकरले २५ करोड ७१ लाखको सेयर किनेका र १६ करोडको मात्र बेचेका छन्।

स्टक विश्लेषण:

  • नेपाल एसबीआई बैंक मा ५८ नम्बर ब्रोकरले ९४% सेल९३% बाई गरेको देखिएको छ।

  • सानिमा माइ हाइड्रोपावर ४५ नम्बर ब्रोकरले ५८% कारोबार गरेको छ।

  • खानीखोला हाइड्रोपावर ३९ नम्बर ब्रोकरले ३३% कारोबार गरेको देखिन्छ।


एआई विश्लेषण

नेप्से ट्रेडिङ एआई ट्राफिक लाइट आज पनि पहेलो संकेत देखाउँदैछ। यसको अर्थ, बजार हाल अन्योलमा छ। यसले लगानीकर्तालाई सावधानी अपनाउँदै ठूलो निर्णय लिनुअघि थप प्रस्ट संकेत पर्खन सुझाउँछ।

Related News