यस साता नेप्से परिसूचकमा ३.३१ प्रतिशतको वृद्धि
Author
NEPSE trading

गत साता २०५१ अंकमा रहेको सेयर बजारको परिसूचक नेप्से यो साता २११९ अंकमा बन्द भयो। यो साता नेप्से परिसूचक ३.३१ प्रतिशतले बढेको छ।

साताको प्रमुख घटनाक्रम:
- आइतबार: बजार १४.८३ अंक घट्यो।
- सोमबार: बजार १६.२९ अंकले बढ्यो।
- मंगलबार: दुई पटक सर्किट ब्रेक लाग्यो र बजार २१६२ अंकसम्म पुग्यो। अन्ततः ४७ अंकले बढेर २१०० मा बन्द भयो।
- बुधबार: ३.७९ अंकको वृद्धि।
- बिहीबार: १५.४७ अंकको वृद्धि गर्दै नेप्से २११९ अंकमा बन्द।
यो वृद्धिमा प्रमुख कारण सत्ता समीकरण हेरफेर हो। सोमबार राति नेपाली कांग्रेस र एमालेबीच सत्ता बाँडफाँडमा सहमति भएपछि मंगलबार बजारमा दुई पटक सर्किट ब्रेक लाग्न पुगेको थियो। तर मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बताएपछि बजार सम्हालियो।
साप्ताहिक कारोबार रकम:
- आइतबार: ३ अर्ब ६० करोड।
- सोमबार: २ अर्ब ९९ करोड।
- मंगलबार: ४ अर्ब ५७ करोड।
- बुधबार: ५ अर्ब ८ करोड।
- बिहीबार: ६ अर्ब ४८ करोड।
धेरै कारोबार हुने कम्पनीहरू:
- एनआरएन इन्फ्रास्ट्रक्चर
- नेपाल फाइनान्स
- महालक्ष्मी विकास बैंक
- सांग्रिला विकास बैंक
- मञ्जुश्री फाइनान्स
- साइन रेसुङ्गा विकास बैंक
- आईसीएफसी फाइनान्स
व्यापार र विकास बैंकमा उत्साह:
व्यापार समूह यस साता सबैभन्दा धेरै ९.८० प्रतिशतले बढ्यो। साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य उच्च दरमा बढ्नु यसको प्रमुख कारण हो। साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य यो साता १०.७ प्रतिशतले बढेको छ। साल्ट ट्रेडिङको मूल्य बढ्नुमा नुनको मूल्य बढाइनु प्रमुख कारण हो।
त्यस्तै, विकास बैंक समूहको सूचक ८.८८ प्रतिशतले बढ्यो। विगतमा माइक्रोफाइनान्स तथा फाइनान्स समूहका सूचक एक स्तरमा बढिसकेका छन्, जसले गर्दा ती क्षेत्रबाट नाफा बुक गर्दै लगानीकर्ता र कारोबारीहरू विकास बैंक समूहमा सक्रिय भएका छन्।
विकास बैंक फाइनान्स र माइक्रोफाइनान्स तुलनामा ‘हाइक्याप’ कम्पनी हुन्, जसले गर्दा विकास बैंक समूहको वृद्धि फाइनान्स वा माइक्रोफाइनान्सको गतिमा नबढ्न सक्छ।