·

२०२५ मा नेप्से सूचीबद्ध कम्पनीहरू: जलविद्युत क्षेत्र अग्रस्थानमा

Author

Dipesh Ghimire

२०२५ मा नेप्से सूचीबद्ध कम्पनीहरू: जलविद्युत क्षेत्र अग्रस्थानमा

नेप्से (नेपाल स्टक एक्सचेन्ज) मा २०२५ सालको सूचीकरणले बजारको बदलिँदो प्रवृत्ति र लगानीकर्ताको प्राथमिकता प्रस्ट देखाएको छ। २६७ सूचीबद्ध कम्पनीहरूसहित नेप्सेमा २०२३ को तुलनामा स्थिरता कायम रहेको छ। तर, विभिन्न क्षेत्रगत विश्लेषण गर्दा केही क्षेत्रमा बृद्धि देखिएको छ भने केही क्षेत्रहरू स्थिर वा घट्दो अवस्थामा छन्।

क्षेत्रगत विश्लेषण र तथ्यांक

१. जलविद्युत क्षेत्र: तीव्र बृद्धि

२०२५ मा जलविद्युत क्षेत्र नेप्सेको सबैभन्दा सक्रिय र बृद्धि उन्मुख क्षेत्र बनेको छ। यो क्षेत्रमा ९१ सूचीबद्ध कम्पनीहरू पुगेका छन्। नेपालको नवीकरणीय ऊर्जा विकास र छिमेकी देश भारतमा विद्युत् निर्यातको बढ्दो सम्भावना यस क्षेत्रमा लगानीकर्ताको चासो बढाउन मुख्य कारक बनेको छ। सरकारद्वारा दिइएका कर छुट, अनुदान, र सहुलियतले पनि यस क्षेत्रको बृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

२. वित्तीय क्षेत्र: सङ्कुचनको निरन्तरता

नेप्सेको परम्परागत रूपमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने वित्तीय क्षेत्रले २०२५ मा पनि घट्दो प्रवृत्ति देखाएको छ।

  • सूक्ष्मवित्त (Microfinance): सूचीबद्ध कम्पनीहरूको संख्या ५० मा झरेको छ, जुन २०२३ मा ५५ थियो। यो घटावट मुख्यतया एकीकरण (मर्जर) र नियामक कडाईको कारण भएको हो।

  • वाणिज्य बैंक (Commercial Banks): यस क्षेत्रमा संख्या १९ मा स्थिर छ। नेपाल राष्ट्र बैंकको मर्जर नीति लागू भएपछि विगतका वर्षमा ठूलो सङ्ख्यामा मर्जर भएको छ।

  • बीमा कम्पनी (Insurance Companies): यो संख्या २४ मा स्थिर छ, जसले यस क्षेत्रमा बजार स्थिरता र सीमित बृद्धि देखाउँछ।

कुल वित्तीय क्षेत्रको सूचीबद्ध कम्पनीहरूको संख्या १२९ मा झरेको छ, जुन २०२३ मा १३४ र २०२२ मा १४८ थियो। यसले बजारलाई बलियो बनाउने संरचनात्मक परिवर्तनको सङ्केत दिन्छ।

३. निर्माण तथा प्रशोधन (Manufacturing & Processing): स्थिर तर सकारात्मक बृद्धि

निर्माण तथा प्रशोधन क्षेत्रको सूचीबद्ध कम्पनीहरू २२ पुगेका छन्, जुन २०२३ मा २१ र २०२२ मा १९ थियो। यो वृद्धि खाद्य प्रशोधन, सिमेन्ट, र इस्पातजस्ता उद्योगहरूको क्रमिक विकासलाई संकेत गर्छ।

४. होटल तथा पर्यटन: पुनर्स्थापना पछि स्थिरता

होटल क्षेत्रको सूचीबद्ध कम्पनीहरूको संख्या  मा स्थिर छ। कोभिड-१९ महामारीपछि यस क्षेत्रमा भएको पुनर्स्थापनाले पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको छ।

५. अन्य र उदाउँदो क्षेत्रहरू

‘अन्य’ श्रेणी, जसले साना र उदाउँदो उद्योगहरू समेट्छ, २०२४ मा  मा पुगेको छ, जुन २०२३ मा ५ थियो। यसले आईटी, प्रविधि, र नवीकरणीय स्रोतहरूजस्ता क्षेत्रहरूमा लगानीकर्ताको चासो बढेको देखाउँछ।

६. व्यापार र लगानी क्षेत्र: स्थिरता

व्यापार र लगानी क्षेत्र क्रमशः  र  मा स्थिर छ। यस क्षेत्रमा नवीनता र अवसरको कमीले लगानीकर्ताको चासोलाई स्थिर बनाएको छ।

Related News