·
नेप्सेमा आठ महिनामा ७० अर्ब ४६ करोडको सेयर सूचीकृत, कम्पनी संख्या २८६ पुगे
Author
NEPSETRADING

चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ७० अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । यसमा साधारण सेयर, हकप्रद सेयर, म्युचुअल फण्ड, डिबेन्चर, एफपीओ र अन्य सेयर समावेश छन्। फागुन मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८६ पुगेको छ, जसमा १३३ बैंक, वित्तीय संस्था र बीमा कम्पनी, ९७ हाइड्रोपावर कम्पनी, २७ म्यानुफ्याक्चरिङ कम्पनी, ८ होटल कम्पनी, ७ लगानी कम्पनी, ४ ट्रेडिङ कम्पनी र १० अन्य समूहका कम्पनीहरू रहेका छन् ।त्यसैगरी, आठ महिनामा मात्र १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले यस अवधिमा २३ अर्ब १२ करोडको म्युचुअल फण्ड, ८ अर्ब ६९ करोडको साधारण सेयर, ४ अर्ब ९४ करोडको हकप्रद सेयर, २० करोडको डिबेन्चर र लगभग ५ करोडको एफपीओ गरी कुल ३७ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर निष्काशनको अनुमति दिएको छ ।



