·

नेप्से पुनर्संरचना प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत, पुँजी बजार सुधारको औपचारिक सुरुवात

Author

NEPSE TRADING

नेप्से पुनर्संरचना प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत, पुँजी बजार सुधारको औपचारिक सुरुवात

नेपाल सरकार, मन्त्रिपरिषद् ले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनलाई औपचारिक रूपमा स्वीकृत गर्ने निर्णय गरेको छ। प्रकाशजंग थापा नेतृत्वको समितिले तयार पारेको उक्त प्रतिवेदनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सरकारी नियन्त्रणबाट मुक्त गर्दै व्यावसायिक, प्रविधिमैत्री र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले खुला पत्रमार्फत व्यक्त लगानीकर्ताको चासोलाई सकारात्मक रूपमा सम्बोधन गर्दै प्रतिवेदन अनुमोदन गराएका हुन्। प्रतिवेदनमा पुँजी वृद्धि, रणनीतिक साझेदार भित्र्याउने, सरकारी स्वामित्वको विनिवेश, सञ्चालक समितिको पुनर्संरचना तथा प्रविधि र प्रणालीमा आमूल सुधारका पाँच प्रमुख आधार स्तम्भ प्रस्ताव गरिएका छन्। केही प्राविधिक कारणले औपचारिक सार्वजनिकरणमा ढिलाइ भए पनि प्रतिवेदनले नेप्सेको भविष्य सुधारतर्फ निर्णायक कदम चालिएको संकेत गरेको छ।

Related News