निर्वाचनपछि नेप्सेमा उछाल: बजार खुलेको १ मिनेटमै ४% बढेर पहिलो सर्किट
Author
NEPSE TRADING

निर्वाचनपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साहजनक सुरुवात देखिएको छ। आइतबार बिहान बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक तीव्र रूपमा बढेर ४ प्रतिशत पुगेपछि पहिलो सर्किट ब्रेकर लाग्दै कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो।
यसअघि प्रि–ओपन सेसनमा नै नेप्से परिसूचक १.६४ प्रतिशतले बढेको थियो। नियमित कारोबार सुरु हुने बित्तिकै लगानीकर्ताको उच्च माग देखिँदै बजार तीव्र गतिमा उकालो लागेपछि पहिलो सर्किट लागू भएको हो। सर्किट लागेपछि नियमअनुसार कारोबार केही समयका लागि रोकिन्छ।
नेपाल स्टक एक्सचेञ्जको नियमअनुसार पहिलो सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिन्छ। त्यसपछि बजार पुनः ११ बजेर २१ मिनेटमा खुल्नेछ। निर्वाचन परिणामपछि लगानीकर्तामा देखिएको सकारात्मक मनोबलले बजारमा तीव्र उछाल आएको विश्लेषण गरिएको छ।



