·

अब नेपालमा पनि डिजिटल मुद्रा प्रयोग गर्न पाइने !!

Author

NEPSE trading

 अब नेपालमा पनि डिजिटल मुद्रा प्रयोग गर्न पाइने !!

बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।

डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने व्यवस्था राखेर उक्त विधेयक प्रतिनिधिसभामा दर्ता संसदमा दर्ता भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा नयाँ नियम ल्याइएको बुझिन्छ ।

बाफिया विधेयकमा डिजिटल मुद्रालाई परिभाषित गर्न खोजिएको छ । ’डिजिटल मुद्रा भन्नाले नेपाल राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झिनुपर्छ,’ भनिएको छ ।

त्यसैगरी, डिजिटल बैंकलाई बैंकिङ तथा वित्तीय कारोबारको अधिकार दिनका लागि विधेयकमा नयाँ व्यवस्था राखिएको छ ।

Related News