ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ खुला : प्रवासी नेपालीलाई प्राथमिकता
Author
Nepse trading

नेपाली औषधि उत्पादक कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ आज सोमबारदेखि खुला भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ जारी गर्न लागेको हो।
वैदेशिक रोजगारमा रहेका आवेदकहरूले फागुन ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटल बिक्री प्रवन्धक रहेको यस आईपीओमा, ६० करोड रुपैयाँ जारी पूँजीमध्ये ३०% अर्थात् १८ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ।
हाल कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रहेको छ। प्रतिसेयर आम्दानी ९८ पैसा मात्र छ भने प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ। कम्पनी यस आर्थिक वर्ष पनि नोक्सानीमै रहने प्रक्षेपण गरिएको छ।