घोराही सिमेन्टको लाभांशका लागि आजसम्म सेयरधनी कायम हुनुपर्ने
Author
NEPSE TRADING

घोराही सिमेन्ट इण्डस्ट्री लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न इच्छुक सेयरधनीका लागि आज अन्तिम दिन बनेको छ। कम्पनीले भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेसँगै आजसम्म सूचीकृत र कायम सेयरधनीले मात्र लाभांश पाउने व्यवस्थामा रहनेछन्।
कम्पनीले चालू चुक्ता पुँजीमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। यही प्रस्ताव पारित गर्न कम्पनीले पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।
साधारणसभामा बोनस वितरणपछि बढ्ने पुँजीको आधारमा १ बराबर ०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पेश गरिनेछ। साथै आवश्यक अनुसार ऋण स्वीकृति, प्रबन्धपत्र तथा नियमावली संशोधन र सो सम्बन्धी अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावहरू पनि सभामा टेबुल गरिने कम्पनीले जनाएको छ।



