·

पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर बिक्रीमा

Author

NEPSE TRADING

पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर बिक्रीमा

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (फागुन १२ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि कम्पनीले अब सर्वसाधारणका लागि ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले कुल जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते बन्द हुनेछ। रेटिङ्ग संस्थाका रूपमा Infomerics Credit Rating Nepal ले कम्पनीलाई आईआरएन डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक Nabil Investment Banking Limited रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट तथा CDS and Clearing Limited द्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Related News