नेपाल धितोपत्र बोर्डका नवनियुक्त सदस्य पिताम्बर भण्डारीले लिए शपथ
Author
NEPSE TRADING

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त बोर्ड सदस्य श्री पिताम्बर भण्डारीज्यूलाई बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठज्यूले शुक्रबार स्वागत गर्दै शपथ ग्रहण गराउनुभएको छ। शपथ ग्रहण समारोहमा बोर्डका अन्य सदस्यज्यूहरूले समेत नवनियुक्त सदस्य भण्डारीज्यूलाई स्वागत गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको थियो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(छ) अनुसार नेपाल धितोपत्र बोर्डमा तोकिएको योग्यता पूरा गरेका विज्ञहरूमध्येबाट नेपाल सरकारले बोर्ड सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था बमोजिम नेपाल सरकारले श्री पिताम्बर भण्डारीज्यूलाई बोर्ड सदस्यमा मनोनयन गरेको हो।
नवनियुक्त सदस्य भण्डारीज्यूको आगमनसँगै बोर्डको नीतिगत तथा नियामक भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


