प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको लागि बोनस सेयर र नगद लाभांश प्रस्ताव गर्यो
Author
NEPSE TRADING

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण प्रस्ताव गरेको छ। कम्पनीको ४१४ औं सञ्चालक समितिको बैठक २०८१ असार ५ गते बसेको थियो। बैठकले लेखापरीक्षण प्रतिवेदनमा आधारित रहेर आर्थिक विवरण र नाफा-नोक्सान विवरण स्वीकृत गरेको छ। हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ४६ करोड ६५ लाख ५७ हजार १ सय रुपैयाँको आधारमा कम्पनीले १८.५% बोनस सेयर र ०.९७४% नगद लाभांश (कर प्रयोजनका लागि) गरी कूल १९.४७४% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस सेयरको मूल्य २७ करोड १३ लाख १७ हजार ७५ रुपैयाँ र नगद लाभांश १ करोड ४२ लाख ८६ हजार २० रुपैयाँ हुनेछ। यो प्रस्ताव बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ। कम्पनीले यो प्रस्ताव नेपाल स्टक एक्सचेन्जमा जानकारीका लागि पेश गरिसकेको छ।