आर्थिक कानून सुधारलाई निजी क्षेत्रको समर्थन
Author
NEPSE trading

सरकारले आर्थिक क्षेत्रका कानून सुधार गर्न थालेको प्रयासलाई निजी क्षेत्रले सकारात्मक रूपमा स्वागत गरेका छन्। नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले विज्ञप्ति निकालेर सरकारले ल्याएको कानून संशोधनलाई स्वागतयोग्य भनेका छन्।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको शिथिलता अन्त्य गर्न अध्यादेश महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संसद्को हिउँदे अधिवेशनबाट टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। विदेशी लगानीकर्ताको रकम ७ दिनमै स्वीकृत हुने व्यवस्थालाई पनि चेम्बरले सकारात्मक मानेको छ।
नेपाल उद्योग परिसंघले २४ वटा कानूनमा गरिएको संशोधनले देशमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयनको माग गरेको छ। निजी क्षेत्रले यी सुधारहरूले आर्थिक र व्यावसायिक वातावरणलाई थप सुधार गर्ने विश्वास लिएका छन्।