·

पियोर इनर्जीले ३ करोड १९ लाख नाफा कमाउँदै भदौ २४ मा साधारणसभा बोलायो

Author

NEPSE TRADING

पियोर इनर्जीले ३ करोड १९ लाख नाफा कमाउँदै भदौ २४ मा साधारणसभा बोलायो

पियोर इनर्जी लिमिटेड (PURE) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ७५ लाख घाटामा रहेकोमा यस वर्ष विद्युत बिक्री आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुग्नुका साथै १ करोड ५१ लाखको अन्य आम्दानी हुँदा नाफामा सुधार आएको हो। हालै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ भने समीक्षा अवधिमा प्रति शेयर आम्दानी ४.७० रुपैयाँ र प्रति शेयर नेटवर्थ १००.४८ रुपैयाँ कायम भएको छ। गोल्यान ग्रुपअन्तर्गतको यो सौर्य कम्पनीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा ल्याएको छ, जसले २०८० सालदेखि व्यावसायिक उत्पादन गरिरहेका छन्। कम्पनीले भदौ २४ गते साधारणसभा बोलाएको छ, जसमा वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, र सञ्चालक समिति गठनका प्रस्तावहरु पेश गरिनेछ। साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

Related News