·
आरबीबी फोकस–४० म्युचुअल फण्ड नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार सुरु
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ‘आरबीबी फोकस–४०’ सामूहिक लगानी कोषका इकाईहरू औपचारिक रूपमा सूचीकृत भएका छन्। बुधबार नेप्से र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच भएको सम्झौताअनुसार प्रति इकाई मूल्य १० रुपैयाँ तय गरिएको छ। क्रम संख्या १ देखि १२ करोड ५० लाखसम्मका कुल १२ करोड ५० लाख इकाई म्युचुअल फण्ड सूचीकृत गरिएको हो।
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले यसअघि सर्वसाधारणका लागि फण्ड इकाई खुला बिक्रीमा ल्याएको थियो। खुला बिक्रीबाट आवंटन गरिएको सोही १२ करोड ५० लाख इकाई धितोपत्र सूचीकरण विनियमावली २०७४ बमोजिम नेप्सेमा सूचीकृत भएको हो।
सूचीकृत ‘आरबीबी फोकस–४०’ म्युचुअल फण्डको कारोबार आगामी आइतबारदेखि नेप्सेमा सुरु हुने जनाइएको छ।


