·

डिम्याट खाता नवीकरण गर्नुभयो ? असार मसान्तभित्र नवीकरण नगरे खाता फ्रिज हुने

Author

NEPSE trading

डिम्याट खाता नवीकरण गर्नुभयो ? असार मसान्तभित्र नवीकरण नगरे खाता फ्रिज हुने

विभिन्न बैंक, क्यापिटल, र मर्चेन्ट बैंकले डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेका छन्। डिम्याट होल्डरले असार मसान्तभित्र खाता नवीकरण नगरे खाता फ्रिज हुने गर्छ। डिम्याट खाताको वैधता आर्थिक वर्षको अन्त्यसँगै समाप्त हुन्छ, त्यसैले नवीकरण आवश्यक छ।

नवीकरण शुल्क १०० रुपैयाँ छ भने मेरो सेयरको शुल्क ५० रुपैयाँ पर्छ। नवीकरण शुल्क बैंक, ब्रोकर, मर्चेन्ट बैंक, क्यापिटल, वा विभिन्न वालेटमार्फत तिर्न सकिन्छ।

सीडीएस एन्ड क्लियरिङका अनुसार हाल ६२ लाख ८६ हजारभन्दा धेरै डिम्याट खाता सञ्चालनमा छन् भने ५३ लाख ३७ हजारभन्दा धेरै मेरो सेयर खाता छन्। १०९ वटा संस्थाले डीपी सेवा प्रदान गरिरहेका छन्।

Related News