·
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Author
NEPSE trading
प्राइम कमर्सियल बैंक लिमिटेडका केही संस्थापकका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले सार्वजनिक सूचनामार्फत् संस्थापक सेयरधनीहरूलाई सेयर खरिद गर्ने अवसर दिएको छ।
बिक्री प्रक्रिया:
सेयर खरिद गर्न पाउने व्यक्ति: बैंकका बहालवाला संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउनेछन्।
बिक्री गर्ने संस्थापकको नाम र मूल्य: बिक्री गर्ने संस्थापकको नाम र सेयरको मूल्यबारे जानकारी पाउनका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
समयसीमा: ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।