·
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
Author
NEPSE TRADING

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कुल ८९ हजार ७५९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि संस्थापक शेयरधनीका लागि मात्र खुलाइएको शेयरमा पर्याप्त आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि समेत खुला गरेको हो।
अब इच्छुक जोकोही व्यक्ति वा संस्थाले तोकिएको प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्। खरिद गर्न इच्छुकले आफूले कति कित्ता शेयर लिने हो भन्ने विवरण प्रस्ट्याएर १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
यसका लागि निवेदन बैंकको प्रधान कार्यालय, बालुवाटार, काठमाडौंमा बुझाउन सकिने व्यवस्था गरिएको छ।